STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लिबियामा आतङ्कवादी आक्रमण, दुई जनाको हत्या

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २७, शुक्रबार

इस्लामिक स्टेट्स आइएस समूहले दक्षिण त्रिपोलीको घाड्वामा गरेको आतङ्ककारी हमलामा परेर कम्तीमा बिहीबार दुई जनाको मृत्यु भएको छ भने अरु धेरै जना घाइते भएका छन् । साभा शहरको प्रहरी स्रोतले घाड्वामा बिहानीपख भएको आक्रमणबाट स्थानीय दुई जनाको मृत्यु भएको र केही युवालाई अपहरण गरिएको बताउनुभयो । प्रहरीले स्थानीयबासीका धेरैवटा निजी घर तथा सरकारी कार्यालयहरुमा आगजनी गरिएको जनाएको छ । आइएस समूहले घाड्वा शहरमा रहेका हफ्तार समूहका लडाकूहरुका घरहरुमा आक्रमण गरिएको दाबी गरेको छ । दक्षिण लिबियाको सबैभन्दा ठूलो शहर साभालाई पूर्वी क्षेत्रमा सक्रिय जनरल खलिफा हफ्तारका सेनाले कब्जामा लिइराखेका छन् ।
Categorized in अन्तर्राष्ट्रिय