STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीका जोखबहादुर महरा नियुक्त

Janjati Khabar – Janjati Khabar | २०८० चैत्र २३, शुक्रबार

काठमाडौं- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन्।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) अनुसार महरालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। माओवादी संसदीय दलका नेता महराले शुक्रबार बिहान ४४ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै प्रदेशमा पनि अल्पमतमा परेका निवर्तमान मुख्यमन्त्री डिल्ली चौधरीले बहुमत जुटाउन नसकेपछि बिहीबार राजनीमा दिएका थिए। लगत्तै प्रदेश प्रमुखले दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए।

लुम्बिनीमा माओवादी केन्द्रका १० प्रदेश सदस्य छन्। महरालाई एमालेका २९, जसपाका ३, एकीकृत समाजवादीका १ र स्वतन्त्र सांसद खड्ग बस्नेतले समर्थन छ। 

Categorized in राजनीति