लोरो अभियानका साथ सुमन साय्मिले गरे काठमाडौं ८ बाट स्वतन्त्र उम्मेदवारी घोषणा
Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र १६, बिहिबार
सुमन सायमी नेतृत्वको ‘स्वतन्त्र तथा बैकल्पिक शक्तिको लौरो अभियान’ ले प्रतिनिधिसभाका ९ उम्मेदवार घोषणा गरेको छ ।
अभियानका अभियान्ताहरुले उम्मेदवारी घोषणा गर्दै बैकल्पिक र स्वतन्त्रहरु एकीकृत भएर देशको माटो र संस्कृति संरक्षण गर्नुपर्ने अवस्था आएको बताएका थिए ।
उनीहरुले दलीय वेथितिको अन्त्य गर्न स्वतन्त्र उम्मेदवारलाई एकपटक भोट दिएर मौका दिन आग्रह गरेका छन् । कार्यक्रममा अहिलेसम्म देशभरीबाट ३५० बढीले स्वतन्त्र उम्मेदवारका लागि आवेदन दिएपनि केही प्रतिनिधिहरुको मात्रै उम्मेदवारी घोषणा गरिएको जानकारी दिइएको थियो ।
‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’का नाममा । जसअनुसार काठमाडौं –५ मा मधुसुदन पाठक ‘सीते बा’, काठमाडौं –८ मा सुमन सायमी र काठमाडौं –९ मा विद्या श्रेष्ठको नाम घोषणा गरेको छ । अभियानले रोहन कार्की काठमाडौ २, राजाराम तण्डुकार ललितपुर ३, भिष्म राना रुपन्देही ५ र दहे स्तम्भ ‘लोकेन्द्र’ भक्तपुर २ बाट उम्मेदवार बनेको घोषणा गरिएको छ । यसैगरी कास्की –२ मा शिरीष गुरुङ, रौतहट–१ मा राहुल मिश्र र उदपयुरमा गजेन्द्र महतलाई उम्मेदवारका रुपमा अघि सारेको छ । त्यस्तै प्रदेशसभातर्फ गजेन्द्रकुमार भगत उदयपुर १, विनोद वजगाई काठमाडौ २ को ‘क’ अनिलकुमार पाण्डे महोत्तरी २ ‘ख’, बाट उम्मेदवार घोषणा गरेका छन् ।
उम्मेदवारहरुलाई कार्यक्रममा चुनाव चिन्ह लौरो र राष्ट्रिय झण्डा प्रदान गरिएको छ । सो क्रममा ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनको उम्मेद्वारी घोषणा गरेका राजाराम तण्डुकारले भ्रष्टाचार नियन्त्रण र दलीय वेथितिबाट मुक्त गर्न अभियान चलाउनुपरेको बताए । उनले नागरिकले राज्यबाट पाउने सामान्य सेवा समेत पाउन नसकेकाले ‘स्वतन्त्र तथा बैकल्पिक शक्तिको लौरो अभियान’ आवश्यक परेको बताए ।
Categorized in उपत्यका

