विप्लवका छोरा पक्राउ
Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २५, बुधबार
पक्राउ परेकाको अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनको सोधपुछ कक्षमा राखिएको छ । प्रकाशले चितवन मेडिकल कलेजमा भइरहेको आन्दोलनको नेतृत्व गरिरहेका छन् । प्रकाशको सोही मेडिकल कलेजमा एमबिबिएस अध्ययन गरी प्रयोगात्मक कक्षा भइरहेको छ । विद्यार्थीले कलेजले सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै शुल्क घटाउन दबाबस्वरुप आन्दोलन गरिरहेका छन् ।
यता मेडिकल कलेजले आज एक विज्ञप्ति जारी गरी आन्दोलनरत विद्यार्थीलाई परिस्थितिको यथार्थ मूल्याङ्कन गरी बहकाउ र भड्काउमा नलागि समस्याको समाधानमा जुट्न र आन्दोलनका सबै कार्यक्रम फिर्ता गरी पठनपाठनमा लाग्न आग्रह गरेको छ ।
Categorized in अपराध-दुर्घटना


