विरंगना कीर्तिलक्ष्मीको प्रतिमा अनावरण : शनिबार कीर्तिपुरमा
Janjati Khabar – ललेन्द्र शाक्य | २०८२ श्रावण ३०, शुक्रबार
कीर्तिपुर – कीर्तिपुरमा विरंगना कीर्तिलक्ष्मीको शालिक उद्घाटन हुने भएको छ ।
कीर्तिलक्ष्मीको शालिक बागमती प्रदशे सांसद एवं पूर्व संस्कृति पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनको हातबाट उद्घाटन हुने जानकारी कीर्तिलक्ष्मी प्रतिमा व्यवस्थापन समिति कीर्तिपुरका संयोजक नजर राम महर्जनले दिनुभएको छ ।
संयोजक नजरराम महर्जनले लामो समयदेखि सम्पूर्ण कीर्तिपुरबासी एक भई निरन्तर गरेको प्रयासबाट निर्माण गरिएको विरंगना कीर्तिलक्ष्मीको प्रतिमा (शालिक)को उद्घाटन शनिबार गर्न लागेकोजानकारी दिनुभयो ।
ने.सं. ११४५ गुँलागा अष्टमी (२०८२ श्रावण ३१ गते) शनिबार दिउँसो २ बजे कीर्तिपुर नगरपालिका १ वडा बाघभैरव आःजु द्यः प्रांगणमा विरंगना कीर्तिलक्ष्मीको प्रतिमा उद्घाटन हुने कार्यक्रम रहेको जानकारी पनि संयोजक महर्जनले दिनुभयो ।
विरंगना कीर्तिलक्ष्मी गोरखाका राजा पृथ्वीनारायण शाहले कीर्तिपुरमा १२ वर्षे युद्धको दौरानमा तेस्रो युद्धताका गोरखाली सेनासंग विरताका साथ युद्ध गरेकी महिला योद्धाको रुपमा इतिहासमा उल्लेख रहेको छ ।
Categorized in राष्ट्रिय

