STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विराटनगरमा भेटियोएको ‘कुकर बम’!

Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण १, मंगलबार

विराटनगर– कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिका–३ मा विष्फोटक पदार्थ राखिएको जस्तो अवस्थामा प्रेसर कुकर फेला परेको छ। 

टेपले बाँधेको प्रेसर कुकर बेवारिस अवस्थामा भेटिएको छ। सोमबार साँझ शंकास्पद वस्तु फेला परेपछि प्रहरी टोली सोही क्षेत्रमा बसेर निगरानी गरेको थियो। 

शंकास्पद वस्तुको डिस्पोज गर्न नेपाली सेनाको टोली परिचालन गर्ने तयारी भएको जनाइएको छ। सेनासँगको समन्वयमा उक्त शंकास्पद वस्तुबारे अनुसन्धान र आवश्यक परे डिस्पोज गर्ने तयारी भइरहेको मोरङ प्रहरीले जनाएको छ।

उक्त शंकास्पद बस्तु राख्ने काममा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरु यसअघि नेत्रविक्रम चन्द विप्लव समूहमा आवद्ध रहेको खुले पनि उनीहरुबारे विस्तृत विवरण प्रहरीले सार्वजनिक गरेको छैन।

उनीहरुले विप्लव समूहबाट अलग भएर विद्यालय र अरु संस्थाहरुमा चन्दा आतंक मच्चाइरहेको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ।

Categorized in राष्ट्रिय