STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विवेकशील पार्टीको घोषणापत्र जारी

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख ७, बुधबार

काठमाडौं - नेपाल विवेकशील पार्टीले स्थानीय तह निर्वाचनको घोषणापत्र जारी गरेको छ। घोषणापत्रमा सुशाशित, सुव्यवस्थित स्थानीय तह (सुविधायुक्त, प्रविधियुक्त तथा झन्झटमुक्त सार्वजनिक सेवा)को विषय समेटेको छ।

यस्तै गरिखान सक्ने, सबल, उद्यमशील स्थानीय तह (जीवनयापन, उत्पादकत्व तथा आर्थिक सम्पन्नता) को विषय समेटिएका छन्। सुन्दर, हराभरा, बाँझोरहित स्थानीय तह (पर्यटन, पर्यावरण तथा कृषि उत्पादन), विविधतायुक्त, समावेशी स्थानीय तह (सांस्कृतिक उत्थान, सम्पदा संरक्षण तथा विविधता) लाई प्राथमिकता दिइएको छ।

गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटो लगायतका आधारभूत सुविधाहरू सुनिश्चित गर्ने स्थानीय तह (पूर्वाधार तथा समतामूलक विकास) को विषय उल्लेख छ।

Categorized in राजनीति