STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विश्व प्रसिद्ध चाइनिज सिरियल नेपालीमा

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर १२, बिहिबार

चीनको केन्द्रिय टेलिभिजन सिसिटिभीले सन् १९८४ सालमा निर्माण गरेको पश्चिमतिरको यात्रा नामक टेलिसिरियल नेपाली भाषामा तयार भएको छ। यस धारावाहिक टेलिसिरियलको गत चारबर्ष अगाडि नेपालमण्डल टेलिभिजनवाट पहिलो पटक प्रसारण भएको थियो भने त्यसपछि नेपालमण्डल टिभि बाटै फेरी दोश्रो पटक पनि प्रसारण भैसकेको छ भने यो हप्ताबाट पुनः तेस्रो पटक नेपालमण्डल टिभि बाट र इन्डिजिनियस टेलिभिजनवाट समेत प्रसारण हुने भएको छ। सो कुराको जानकारी दिन आयोजित कार्यक्रम ममरा शताव्दी पुरुष तथा बरिष्ठ संस्कृतिविद डा।सत्यमोहन जोशीले बुधवार काठमाडौंको अनामनगर स्थित तमु बौद्ध समितिको सभाकक्षमा यस धारावाहिकको स्वीचअन गरेर प्रसारण आरम्भ भएको घोषणा गरिएको थियो । चार सय बर्ष पुरानो चीनिया उपन्यासमा आधारित धारावाहिक चीनिया सिरियल नेपाली भाषामा समेत प्रसारण हुंदा चीनिया यथावस्तु जस्ताको तस्तै नेपाली भाषामा हेर्न पाउने भएको छ। चीनिया प्रसिद्ध बौद्धभिक्षु स्वीयान चाङ ९हुएन साङ्० चीनबाट भारतको नालन्दा विश्वविद्यालयमा अध्ययन गर्न जाँदाको ऐतिहासिक यात्रा मुख्य विषयवस्तु रहेको धारावाहिक सिरियल पश्चिमतिरको यात्रा प्रतिभाग एक घण्टाको हिसाबले २५ भागको रहेको भएता पनि नेपाली संस्करण भने आधाआधा घण्टाको रहने जानकारी उक्त धारावाहिकको नेपालीभाषाको स्वरांकन संयोजक विजयरत्न तुलाधरले बताएका छन्। तुलाधरका अनुसार, भिक्षुका चेलाका रुपमा रहेका बाँदर र सुँगुरको अभिनय नेपाली बालबालिकाले अत्यन्त रुचाएका छन्। जुन बाँदर र सुँगुरको अभिनयको नेपालीमा स्वरांकन गर्ने ख्यातिप्राप्त हाँस्य कलाकार उमेश मायालुले गरेका छन्। कलाकार उमेश मायालुले बाँदर र सुँगुरको अभिनयको स्वराँकन गर्दा कतिपय अवस्थामा ज्वरो नै आएको त्यो कठिन समयलाई पार भएर नेपाली भाषामा प्रसारणमा आउदा अत्यन्त खुशी लागेको प्रतिक्रिया दिएका छन्। चीनका विभिन्न टेलिभिजन च्यानलवाट प्रसारण भैरहेको यस धारावाहिक टेलिसिरियलले प्रसारणको ऐतिहासिक रेकर्ड समेत राखिसकेको छ। ३ हजार पटक भन्दा बढी प्रसारण भैसकेको जानकारी नेपालमा नेपाली भाषामा प्रसारण गर्ने जिम्मेवारी बोकेको अरनिको समाजका अध्यक्ष डा सर्वोत्तम श्रेष्ठ ले जानकारी दिएको छ। अरनिको समाजले चार बर्ष अघि चीनको केन्द्रिय टेलिभिजनसंग अनुमति लिएर आफ्नै स्रोत तथा साधनवाट नेपालीमा अनुवाद र स्वरांकन गर्ने कार्य गरेको हो।
Categorized in सिनेमा