STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विषाक्त रक्सीका कारण २६ को मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७६ पौष ११, शुक्रबार

विषाक्त रक्सी सेवनका कारण मङ्गोलियामा २६ जनाको मृत्यु भएको छ । देशको राजधानी उलान बाटोरमा पछिल्लो एक महिनामा उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । “यो डिसेम्बर महिनामा मात्रै रक्सी सेवनका कारण मृत्यु हुनेको संख्या नाटकीय रुपले बढेको छ, उनीहरु मध्ये अधिकांशको नयाँ वर्षका अवसरमा आयोजित कार्यक्रममा सहभागी भएर रक्सी सेवन गर्दा मृत्यु भएको हो,” प्रान्तीय सहरी प्रहरी विभागका प्रमुख लखामा अमुर्मुरुमले भन्नुभयो । राजधानी उलान बाटोरमा अहिले उच्च सतर्कता अपनाइको उहाँले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । मङ्गोलियामा नयाँ बर्षको पूर्वसन्ध्यामा निजी तथा सार्वजनिक तवरबाट खानपिनसहितका विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने गरिएको हुन्छ । यस्ता कार्यक्रम रेष्टुरेन्ट, रात्री क्लव, बारलगायतमा ठूलो सङ्ख्यामा आयोजना गरिन्छ ।
Categorized in अन्तर्राष्ट्रिय