STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

वृक्षरोपण अभियानमा मुख्यमन्त्री

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २, शुक्रबार

पश्चिमा संस्कृतिको बढ्दो प्रभावसँगै केक काटेर जन्मदिन मनाउने प्रचलन बढिरहेका अवस्थामा लमजुङको बेँसीशहरमा थालिएको वृक्षरोपण अभियान प्रभावकारी बन्दै गएको छ । विसं २०७५ मङ्सिर २९ गतेदेखि औपचारिक शुभारम्भ गरिएको यो अभियानले जनमानसमा सकारात्मक छाप पार्दै गएको जन्मदिनमा वृक्षरोपण अभियान समितिका अध्यक्ष वासुदेव सेढार्इंले जानकारी दिनुभयो । सर्वसाधारणदेखि समाजका लब्धप्रतिष्ठित व्यक्तिसमेतको यस अभियानमा आकर्षण बढिरहेको अवस्थामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समेत आप्mनो ६२औँ जन्मोत्सव आज रुद्राक्षको बिरुवा रोपेर मनाउनुभएको छ । पोखराको शहीदचोकस्थित मुख्यमन्त्रीको सरकारी निवास परिसरमा वृक्षरोपण गर्दै उहाँले पर्यावरणको संरक्षण हामी सबैको साझा दायित्व भएको बताउनुभयो । “यस्तो अभियानले वातावरण संरक्षणमा विशेष योगदान पु¥याउँछ”, उहाँले भन्नुभयो, “यस अभियानलाई ठाउँ विशेषमा मात्र नभई राष्ट्रव्यापी पु¥याउनु आवश्यक छ, यसले समग्र हरियाली बढाउन पनि मद्दत गर्दछ ।” मुख्यमन्त्रीलाई जन्मदिनको शुभकामना दिन निवासमा पुगेका प्रदेशसभा सदस्य, अभियानकर्मी, उच्चपदस्थ कर्मचारी आदि वृक्षरोपणमा सहभागी भएका थिए । समितिका तर्पmबाट मुख्यमन्त्री गुरुङलाई २१ बुँदे अभियानको उद्देश्य समेटिएको अवधारणापत्र हस्तान्तरण गरिएको थियो । अभियानअन्तर्गत प्रत्येक वर्ष जन्मदिनको दिन एक नेपाली एक वृक्षरोपण गर्ने संस्कार स्थापित गर्ने प्रयास गरिएको अध्यक्ष सेढार्इंको भनाइ छ । मानवीय कारणले भइरहेका जल, माटो एवं हावा प्रदूषण कम गर्न सम्पूर्ण उपायको खोजी गर्नु अपरिहार्य भएको बताउँदै उहाँले अभियानमार्फत प्रदूषण नियन्त्रणका साथै वातावरण स्वच्छता कायम गर्न जनचेतनामूलक कार्यक्रम गर्ने उहाँले बताउनुभयो । समितिले यस अवधिमा विभिन्न तह र तप्काका व्यक्तिको जन्मदिनमा तत्तत् ठाउँमा पुगी ४४ वटा कपुर, रुद्राक्ष, अशोकालगायतका बिरुवा रोपिसकेको छ । उहाँका अनुसार समितिको संयोजनमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले आप्mनो १०१औँ जन्मदिवसका अवसरमा निजी निवास लैनचौर परिसरमा रुद्राक्षको बिरुवा रोप्नुभएको थियो । समितिले यसबीचमा विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि, सर्वसाधारण आदिको जन्मदिनमा वृक्षरोपण गर्ने कार्यक्रम संयोजन गर्दै आएको छ । अभियानलाई व्यापक बनाउन देशैभरका स्थानीय निकायका वडा, गाउँ एवं टोलमा अभियान समिति गठन गर्ने लक्ष्य राखिएको छ । फलफूल, जडीबुटी, कृषिजन्य उत्पादन र वनजन्य उत्पादनलाई पुनःरोपण पद्धतिद्वारा राज्यलाई आत्मनिर्भर बनाउन बजारीकरण गरी आर्थिक लाभ लिने समितिको सोच छ । यसबीचमा अभियानलाई लमजुङ, कास्की, काठमाडाँै, धनगढी, दाङलगायतका जिल्लामा पु¥याइसकिएको समितिका उपाध्यक्ष लक्ष्मी श्रेष्ठले जानकारी दिनुभयो । नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा वातावरणमैत्री र प्रकृतिको संरक्षण गर्ने मुलुकका रूपमा परिचित गराउनु अभियानको लक्ष्य भएको बताउँदै उहाँले अन्य देशमा समेत जन्मदिनमा वृक्षरोपण गर्नुपर्दछ भन्ने संस्कारको विकास गर्न लागिने बताउनुभयो । अभियानसँगै गरिएको वृक्षरोपण विभिन्न स्थानमा सफल भएको दाबी गर्दै समितिले ९० प्रतिशत बिरुवा राम्रोसँग हुर्किरहेको जनाएको छ । वृक्षरोपण भएका बिरुवाको संरक्षणमा पनि समितिले चासो दिँदै आएको उल्लेख गर्दै अध्यक्ष सेढाईंले गोडमेल एवं संरक्षणका लागि स्थानीयलाई अभिप्रेरित गर्दै आफूले अनुगमन गर्ने बताउनुभयो ।
Categorized in राष्ट्रिय