STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

वैशाखभर विद्यालय बन्द गर्न सिफारिस

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख ४, शनिबार

काठमाडौं - कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ ।

विद्यालय बन्द गर्ने या नगर्ने निर्णय भने अब मन्त्रिपरिषद् वैठकले लिनेछ ।

शनिबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले कोरोनाको जोखिम बढेको निष्कर्ष निकाल्दै सहरी क्षेत्रका विद्यालय तत्कालका लागि बन्द गर्न सिफारिस गरेको हो । यसअघि स्वास्थ्य मन्त्रालयले देशका विभिन्न १४ जिल्लालाई अति प्रभावित क्षेत्र भनि वर्गिकरण गरेको थियो ।

शुक्रबार मात्र शिक्षा मन्त्रालयले विज्ञप्ती जारी गरेर जिल्ला कोभिड व्यवस्थापन समितिको समन्वयमा स्थानीय पालिकालाई विद्यालय सञ्चालन गर्नेबारे निर्णय गर्ने अधिकार दिएको थियो तर शनिबार नै सीसीएमसीले विद्यालय बन्द गर्न मन्त्रीपरिषद्लाई सिफारिस गरेको छ ।

Categorized in शिक्षा