STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शीतल निवासनजिक नागरिक अगुवाहरूको मार्चपास

Janjati Khabar – Janjati Khabar | २०७७ माघ २३, शुक्रबार

काठमाडौं – सरकारको ‘असंवैधानिक’ कदमविरुद्ध नागरिक अगुवाहरूले शुक्रबार बिहान काठमाडौंमा मार्चपास गरेका छन् ।

बृहत् नागरिक आन्दोलनअन्तर्गत उनीहरूले संवैधानिक निकायहरूमा गरिएको नियुक्तिको प्रतिकारस्वरुप आज बिहानै शीतल निवास नजिक मार्च पास निकालेका हुन् ।

लैनचोरबाट सुरु भएको मार्चपास पानीपोखरी पुगेर कोणसभामा परिणत भयो । मार्चपासमा सहभागीहरुलाई पानीपोखरीबाट प्रहरीले अघि बढ्न नदिएपछि त्यहीँ कोणसभा गरिएको हो ।

कोणसभामा बोल्ने वक्ताहरुले प्रधानमन्त्रीको कदम र राष्ट्रपतिको भूमिकाको आलोचना गर्दै ‘गहुँगोरो अफ्रिका’ कविता समेत बाचन गरेका थिए ।

लेखक खगेन्द्र संग्रौला, पत्रकार तथा नागरिक अगुवा नारायण वाग्ले, पत्रकार राजेन्द्र महर्जनलगायत धेरै लेखक, कवि, पत्रकार तथा बुद्धिजीवि कार्यक्रममा सहभागी भएका थिए ।

सहभागीहरुले राष्ट्रपतिज्यू संविधान कहाँ छ, सर्वसत्तावाद मुर्दावाद, असंवैधानिक नियुक्ति मान्दैनौ’ लगायतका नारा लेखिएको प्लेकार्ड समेत बोकेका थिए ।

Categorized in राजनीति