STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

श्रमिकको न्यूनतम ज्याला १५ हजार बनाउनेछु : प्रधानमन्त्री

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख १८, शनिबार

प्रधानमन्त्री केपी ओलीले आगामी आर्थिक वर्षदेखि श्रमिकको न्यूनतम ज्याला १५ हजार बनाइने घोषणा गरेका छन् । मे दिवसको अवसरमा सम्वोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले दैनिक ज्याला पनि वृद्दिको घोषणा गरे । हालसम्म दैनिक ज्याला ५ सय १७ रहँदै आएकोमा आगामी आर्थिक वर्ष देखि ५ सय ७७ बनाइने उनले बताए ।

गत वर्ष श्रमिकले समझदारी देखाएको भन्दै यस वर्ष रोजगारदाताले समझदारी देखाउनु पर्ने ओलीको भनाइ थियो । नियमानुसार गत वर्ष न्यूनतम ज्याला पुनरावलोकन गर्ने वर्ष थियो ।

प्रधानमन्त्री ओलीले हालसम्म झण्डै १२ हजार रोजगारदाता र दुई लाख श्रमिक सामाजिक सुरक्षामा आवद्ध भएको भन्दै सबैलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने उल्लेख गरे ।

Categorized in राष्ट्रिय