संक्रमित बाहिर निस्किए ६ महिना जेलसजायँ • दशैंमा बूढापाकाबाट टीका नथाप्न सरकारको आग्रह
Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन २३, शुक्रबार
काठमाडाैँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना पोजेटिभ भएका व्यक्तिहरु बाहिर हिडडुल गरेको पाइए ६ महिनासम्म जेल सजाय हुने बताएको छ ।
संक्रामक रोग ऐन अनुसार पोजेटिभ देखिएमा ६ महिनाको जेल सजाय हुने प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
यसका लागि अनुगमनमा सहयोग गर्न घर परिवार र छिमेकीलाई मन्त्रालयले अनुरोध गरेको छ । कारवाहीका लागि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई सूचना दिइएको उनले बताए।
यसैगरी सरकारले याे वर्ष दसैंमा बुढापाकासँग गएर टीका नलगाउन आग्रह गरेको छ।
सरकारले कोरोना संक्रमण फैलिने डर भएकाले मन्त्रालय प्रा.डा. जागेश्वर गौतमले दसैंमा बुढापाकासँग गएर टीका लगाएर आर्शिवाद नलिन आग्रह गरेका हुन्।
प्रवक्ता गौतमले भने- ‘धेरै बुढापाकासँग गएर यस पटक टीका नलगाउँ । बरु अनलाइन वा फोनबाट आर्शिवाद लिउँ। ‘ त्यस्तै प्रवक्ता गौतमले धेरै भीडभाडमा गएर टीका लगाउने र खाने काम नगर्न आग्रह गरेका छन्। उनले भने, ‘तपाइँ हामीले आफ्नो पाका सदस्यहरुसँग आर्शिवाद लिने क्रममा संक्रमण सारेर के दुर्घटना त निम्त्याउने योजनामा छैनौं ?त्यसो नगरौं, समयमै सचेत बनौं ।’
त्यस्तै उनले यस वर्ष पुरानै कपडा लगाएर दशैँ मनाउन अनुराेध गरेका छन् । दशैँमा नयाँ कपडा किन्ने चलन रहेको र कपडा किन्न जाँदा कोरोना भाइरस सङ्क्रमणको डर धेरै हुने भएकोले भन्दै यो वर्ष आफूसँग भएकै पुराना कपडा लगाएर दशैँ मनाउन आग्रह गरे।
अहिले मानिसहरु कोरोना भाइरसको सङ्क्रणलाई बेवास्ता गर्दै किनमेलमा निस्किएको देखिएको भन्दै प्रवक्ता गौतमले सकभर कपडा किन्दै नकिन्न आग्रह गरे । यस्तै खानेकुरा किन्दा पनि सचेतता अपनाउन आग्रह गरे ।
Categorized in राष्ट्रिय

