संवैधानिक परिषदको बैठक बस्दै
Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख २६, आइतबार
आज संवैधानिक परिषदको बैठक बस्दै छ । आज बिहान ९ बजे बस्नेगरी प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन् ।
आजको बैठकले संवैधानिक आयोगहरूमा पदाधिकारी नियुक्तिका लागि गरिने सिफारिसका बारेमा छलफल गर्ने छ ।
संवैधानिक आयोगहरूमा नियुक्तिका लागि संवैधानिक परिषदले सिफारिस गर्छ । सिफारिस भएकाहरूको संसदीय सुनुवाइपछि अनुमोदन भएमा नियुक्ति हुन्छ ।
यता प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले आज बस्ने भनिएको संवैधानिक परिषद्को बैठकमा उपस्थित नहुने बताइसकेका छन् ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा परिषदको बैठकमा सहभागी भए बहुमत पुग्छ ।


