संसद् विघटनको कारण हुन सकेन सहमति
Janjati Khabar – Janjati Khabar | २०८२ भाद्र २७, शुक्रबार
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेल नयाँ सरकार गठनका निम्ति निरन्तर परामर्शमा जुटेका छन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनका निम्ति उनी शुक्रबार (भदौ २७) परामर्शमा जुटेका हुन् ।
राष्ट्रपति, प्रधानसेनापति र आन्दोलनकारी जेन-जीका प्रतिनिधि भएको वार्तामा कार्की र सुदन गुरुङले संसद् विघटन गर्नैपर्ने अडान राखेका छन् । तर प्रधानमन्त्रीको शपथ गराएर या त्यसपछि भन्ने अन्योल छ ।
संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीले संसद् विघटनको सिफारिस गरेर पठाएपछि राष्ट्रपतिले अनुमोदन गर्नुपर्छ।
सरकार गठनका निम्ति उनले प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरेका छन् । कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने सहमति भए पनि संसदु विघटनका विषयमा सहमति जुट्न बाँकी छ ।
Categorized in राष्ट्रिय

