संसद् विघटनको विरोधमा नेपाः राष्ट्रिय पार्टी
Janjati Khabar – जनजातिखबर संवाददाता | २०७७ पौष ७, मंगलबार
काठमाडौं – नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष डा. विजय सैंजूले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेकोमा विरोध जनाएको छ ।
अध्यक्ष सैंजूद्वारा हस्ताक्षरित विज्ञप्तिमा विघटनलाई लोकतन्त्र र गणतन्त्रविरोधी कदम मानिएको छ । संसद् विघटनको निर्णय तत्काल फिर्ता लिएर हिउँदे अधिवेशन बोलाउन समेत विज्ञप्तिमा माग गरिएको छ ।
Categorized in राजनीति


