STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

संस्कृति शिरोमणि जोशीको ‘अभिनव वेदादी कोषु लोकार्पण

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन २६, आइतबार

संस्कृति शिरोमणि हरिराम जोशी द्वारा लिखित ‘अभिनव वेदादी कोष ‘ नामक वृहत ग्रन्थको लोकार्पण गरिएको छ । नेपाल सरकारका पूर्व मुख्य सचिव श्री मधुसुदन गोर्खालीको सभापतित्वमा सम्पन्न उक्त ग्रन्थको लोकार्पण कार्यक्रममा संस्कृति शिरोमणि जोशीका आफ्नै ९५ वर्षीय दाजु श्री केशव राम जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो । लोकार्पण गरिएको पुस्तक अगाडी ३० वटा भन्दा बढी ग्रन्थहरु लेखिसकेका मदन पुरस्कार, दिल्ली रमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार लगायतका विजेता संस्कृत शिरोमणि जोशीको कृति लेखक जोशीका दाजु केशव राम जोशी, पूव मुख्य सचिव मधुसुधन गोर्खाली, डा नयन नाथ पौडेलले सयुक्त रुपमा शुक्रबार लोकार्पण गरेका हुन । वैदिक तथा अन्य विविध कालखण्डका धर्म, संस्कृति, समाज र राजनिती तथा सो बेलाको सामाजिक व्यवस्थाबारे चर्चा गरिएको उक्त पुस्तकलाई सत्याल प्रकाशनबाट प्रकाशनमा ल्याईएको हो । हाम्रो समाजको विविध कालखण्डका ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण तथा धर्म संस्कृति र परम्पराबारे समाजमा व्याप्त बैचारिक मतभेदप्रति स्पष्ट अवधारणा बनाउन यो पुस्तक मार्गदर्शक हुनेमा वक्ताहरुले बिश्वास व्यक्त गरेका छन । लोकार्पित पुस्तकमा वैदिक तथा अन्य विभिन्न कालखण्डका धर्म ,संस्कृतिको मोटामोटी ज्ञान आजको समाजका नया पुस्ताले थाहा पाउन पर्ने आवश्यकताका साथै भगवान गणेशको विभिन्न नाम,आकृति तथा बाहानको बारेमा बेग्लै ढंगबाट चर्चा गरेका छन् । कार्यक्रमका सभापति गोर्खालीले भने, नेपाली सेनाको हेडक्वाटर तथा रक्षामन्त्रालयका पुर्व उपसचिव रहिसकेका लेखक जोशीले भारत तथा नेपालमा गरिने संस्कृतिका चर्चालाइ विभिन्न पुस्तकको अध्ययनबाट लिइएको निचोड समावेश गरेका छन । उक्त पुस्तकलाई आधुनिक समयको भन्दा तत्कालिन अवस्थाको दृष्टीले अध्ययन गर्न सके संस्कृति र पूर्वीय दर्शनबारे पाठक लाभान्वित हुनेमा उनले जोड दिएका थिए । कार्यक्रममा संस्कृति अध्ययेता एवं साहित्य सञ्चारकर्मी लेखक मोहन दुवालले ८४ बर्षिको उमेरमा पनि इतिहास संस्कृतिको क्षेत्रमा निरन्तर लागिपरेका जोशी छाँयामा परेका नेपाली संस्कृतिका धरोहर रहेको चर्चा गरेका थिए । कार्यक्रमका अन्य वक्ताहरुले आफ्नो कार्य भन्दा संस्कृति शिरोमणिका रुपमा स्थापित भएर पनि चर्चामा रहन आजभोली आवश्यक ठानिने चाकडी चाप्लुसी नगर्ने बानीले छाँयामा रहेको बताउँदै उनी जस्ता व्यक्तित्वको पहिचान राज्यले गर्न नसकेको प्रति खेद व्यक्त गरेका थिए । लोकार्पित गरिएको उक्त पुस्तकको मूल्य रु। २ हजार रहेको भएतापनि लोकार्पण गरिएको दिवसको उपलक्ष्यमा सो दिन नाम लेखाउनेहरुकालागि रु १ हजारमा बितरण गरिने आयोजकले जानकारी दिएका छन् ।
Categorized in राष्ट्रिय