सञ्चारमन्त्री बाँस्कोटाद्वारा राजीनामा
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण ८, बिहिबार
काठमाडौं– सुचना प्रविधि तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएका छन् ।
सामाजिक सञ्जार ट्विटरमार्फत् एक ट्विट सार्वजनिक गरी बाँस्कोटाले राजीनाको घोषणा गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नैकिताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको बाँस्कोटाको ट्विटमा उल्लेख छ ।
यसअघि, प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटाले बाँस्कोटाको राजीनामाबारे प्रतिनिधिसभामा जानकारी गराएका हुन् ।
बाँस्कोटाले राजीनामा दिएको अनौपचारिक जानकारी आफूलाई आएको सभामुख सापकोटाले प्रतिनिधिसभा बैठकलाई जानकारी गराएका थिए ।
प्रधानमन्त्री कार्यालयले आफूलाई सञ्चारमन्त्री बाँस्कोटाले राजीनामा दिएको जानकारी गराएको सभामुखले संसद्लाई जानकारी दिएका हुन् ।
सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा सेक्युरिटी प्रिन्टिङ्ग प्रेस खरिदका क्रममा प्राप्त हुने कमिसन विवादमा मुछिएका थिए ।
लेखा समितिमा छानबिनको क्रममा यस विषयसँग सम्बन्धित एउटा अडियो फागुन ७ गते सार्वजनिक भएको थियो । उक्त अडियो सार्वजनिक भएपछि बाँस्कोटाले राजीनामा दिई अनुसन्धान प्रक्रियामा सहयोग गर्नुपर्ने माग पनि उठिरहेको थियो ।
Categorized in राजनीति