STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सफाइ कर्मचारीको आरडिटी पोजेटिभ देखिएपछि भक्तपुरका दुई ठाउँ सिल

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ४, आइतबार

काठमाडौें – भक्तपुर नगरपालिका ५ स्थित योसिंखेल र सूर्यविनायक नगरपालिका ६ स्थित पाण्डोबजार सिल गरिएको हो । काठमाडौं महानगरपालिकामा काम गर्ने भक्तपुरका ३६ वर्षीय सफाइ मजदुरको द्रूत परीक्षण (आरडीटी) मा कोरोना भाइरस पोजिटिभ देखिएपछि ती दुई ठाउँमा सिल गरिएको हो । भक्तपुर योसिंखेल पुख्र्यौैली घर भएका उनी हाल सूर्यविनायक पाण्डोबजारमा बस्दै आएका छन् । दुवै ठाउँमा उनको आवतजावत भएकाले दुवै ठाउँमा सिल गरिएको भक्तपुर प्रहरीले जनाएको छ । योसिंखेल र पाण्डोबजारमा सर्वसाधारणको आवतजावत रोक्न सबै बाटाहरु सिल गरिएको छ । ती कर्मचारीका घरपरिवारलाई पाण्डोबजारस्थित घरमै क्वारेन्टाइन गरिएको छ । उनको श्रीमतीको रिपोर्ट भने नेगेटिभ आएको जनाइएको छ । उनी पनि काठमाडौं महानगरपालिकाकी सफाइ मजदुर नै हुन् ।
Categorized in उपत्यका