STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सबै विविधतालाई एकै ठाउँमा संगठित गरेर विविधतामा एकता गर्नु हाम्रो उद्देश्य : मनोज नेवाः खड्गी

Janjati Khabar – Lalendra Shakya | २०७८ कार्तिक ८, सोमबार

जात भन्ने वित्तिकै साम्प्रदायिक देख्ने सोचबाट माथि उठ्नुपर्ने भनाई

जातको नाम लिने वित्तिकै साम्प्रदायिक देख्ने सोचबाट माथि उठ्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपालीहरुको दोश्रो महान चाड तिहार र नयाँ वर्ष नेपाल सम्वत ११४२ को अवसरमा नेवाः जातीय महासंघका वक्ताहरुले बहुलजाती नै नेपालको पहिचान साथै शक्ति भएकोमा दोष दिँदै जातिय एकताबाटै देशलाई पनि बलियो बनाउन सकिनेमा जोड दिए । 

कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष मनोज नेवाः खड्गीले नेवाः समुदायमा भएको बहुजातीको बहुधर्म, बहुसंस्कृति नै नेपाल राष्ट्रकैसमेत शक्ति र पहिचान भएको विचार राख्दै समुदायको यहि विविधतायुक्त शक्तिलाई संगठित गर्दै महासंघ गठन गरिएको जानकारी दिनुभयो । ‘नेवाः समाजमा विभिन्न जातजाति, धर्म, संस्कृति छ । यी सबै विविधतालाई एकै ठाउँमा संगठित गरेर विविधतामा एकता गर्नु हाम्रो उद्देश्य हो । सबैलाई यसमा संगठित हुन म आह्वान गर्न चाहन्छु’ खड्गीले भने । 

त्यसैगरी सबै जातीय संघसंस्थाको प्रतिनिधित्व गर्दै आफ्नो विचार राख्ने क्रममा राजोपाध्याय समाजका अध्यक्ष संजय शर्मा राजोपाध्यायले महासंघले देशैभरिका नेवार जातीय संघसंस्थालाई संगठित गर्दै समुदाय र देशकै विकासमा टेवा दिनमा लाग्नुपर्ने विचार राख्नुभयो । विभिन्न जातीय संस्थाहरु एक आपसमा सहकार्य र सहयोग गर्दै आ–आफ्नो समस्या समाधान गर्दै बलियो समाज निर्माणमा लाग्नुपर्ने राजोपाध्यायको सुझाव थियो ।

कार्यक्रममा महासंघको लोगोसमेत सार्वजनिक गरिएको थियो । साथै, संचारकर्मी साथै लेखक पदम श्रेष्ठबाट लिखित ‘जातजाती र संघीयता ः कति ठिक कति वेठिक’ पुस्तकको पनि लोकार्पण गरिएको थियो । महासंघका अध्यक्ष खड्गीको साथमा विभिन्न जातीय संस्थाका अध्यक्षहरुबाट संयुक्त रुपमा महासंघको लोगो र पुस्तक सार्वजनिक गरिएको थियो ।

Categorized in उपत्यका