समयमा कार्यालयमा आउन मन्त्रीको निर्देशन
Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २, बिहिबार
प्रदेश नं। ३ का सामजिक विकासमन्त्री युवराज दुलालले प्रदेश शिक्षा निर्देशनालयको आज अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।
बिहान १०ः४० बजे प्रदेश शिक्षा निर्देशनालयमा पुग्नुहुँदा दुई जना कार्यालय सहयोगी मात्र भेटिएको उहाँले जानकारी दिनुभयो ।
मन्त्री दुलालका अनुसार १०ः४० बजेसम्म कार्यालय सहयोगीबाहेक प्रमुख, उपप्रमुखलगायत कोही पनि कर्मचारी कार्यालयमा आइपुगेका थिएनन् । अनुगमनका क्रममा अनुपस्थित रहेका नौ जना कर्मचारीको हाजिरी रजिस्टरमा उहाँले रेजा लगाउनुभएको थियो । मन्त्री दुलालले कर्मचारीलाई समयमा र नियमितरुपमा कार्यालयमा आउनका लागि निर्देशनसमेत दिनुभएको बताउनुभयो ।
Categorized in राष्ट्रिय