STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सहकारी ठगी प्रकरणमा छानबिन समिति आवश्यक छैन : रास्वपा

Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख २५, मंगलबार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी ठगी प्रकरणका विषयमा छानबिन समिति आवश्यक नरहेको निष्कर्ष निकालेको छ। 

आज बसेको रास्वपाको संसदीय दलको बैठकमा सहकारी ठगी प्रकरणमा जोडेर पार्टी सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको विषयमा संसदमा उठिरहेको सवालका विषयमा समेत छलफल भएको थियो। सो विषयमा छलफल गर्दै संसदीय छानबिन समिति आवश्यक नरहेको निष्कर्ष निकालिएको हो। 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको आरोप लगाउँदै संसदीय छानबिन समिति बनाउन माग गरिरहेको छ। 

सहकारी ठगीमा पार्टी सभापति जोडिएको विषयमा यसअघि छानबिन समिति बनाउनुनपर्ने तर्क रास्वपाका नेताहरुले राख्दै आएकोमा आज बसेको संसदीय दलको बैठकले संसदीय समिति आवश्यक नरहेको निष्कर्ष निकालेको हो ।

त्यस्तै आजको बैठकमा आगामी बजेट अधिवेशनमा संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको थियो । 

वैशाख १५ गते सम्पन्न इलाम क्षेत्र नं २ को उपनिर्वाचनका सन्दर्भमा समीक्षा गर्ने तयारी गरिए पनि समय अपुग भएका कारण समीक्षा हुन नसकेको सकेन ।

Categorized in राजनीति