STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सांसद सरिता गिरीलाई पदमुक्त गरी कारबाही गर्न तरुण दलको माग

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २८, बुधबार

काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलले जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई तत्काल पदमुक्त गरी कारबाही गर्न माग गरेको छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बुधबार विज्ञप्ति जारी गरि सरकार, सभामुख तथा सम्बन्धित संस्थाहरु राष्ट्रियताको विषयमा झण्डै तीन करोड नेपाली जनतालाई चोट पर्ने गरी सांसद गिरीले बोलेकोमा संसद पदबाट निलम्बन गर्ने देखि हदै सम्मको कारबाही गर्ने प्रक्रिया थाल्नुको सट्टा मौन बस्नुले तरुण दललाई असहिए बताए । सांसद गिरीले आफनो पदीय मर्यादा विपरीत नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालका होइनन् भनेर दिएको अभिव्यक्तिप्रति नेपाल तरुण दल केन्द्रिय समितिको गम्भीर ध्यान आकर्षण भएको विज्ञप्तिमा उल्लेख । संविधान संशोधन प्रक्रिया चलिरहेको अवस्थामा सांसद गिरीले उक्त भूमि नेपालको नभएको भनी सार्वजनिक रुपमा टेलिभिजन मार्फत अन्तरवार्ता दिनु मुलुकको स्वतन्त्रता, राष्ट्रिय अखण्डता, स्वाभिमान, राष्ट्रिय एकता विरुद्धको अभिव्यक्ति भएको नेपाल तरुण दलको ठहर छ । ईतिहासदेखि पुर्खाहरुले बचाएको एक ईन्च भूमि पनि अतिक्रमण भएमा नेपाल तरुण दललाई मान्य नहुने भन्दै राष्ट्रियताको सवालमा नेपाल तरुण दलले कसैसँग पनि सम्झौता नगर्ने बस्नेतले प्रस्ट पारे । यस्तै सांसद गिरीले संसदमा नेपालको राष्ट्रिय गौरवको रुपमा रहेको नेपाली सेनाको विषयमा विवादास्पद अभिव्यक्ति दिएको तर्फ समेत नेपाल तरुण दलको ध्यानाकर्षण विज्ञप्तिमा भनिएको छ । तरुण दलले यस्ता अभिव्यक्ति सच्याउन जोड्दार माग गरे ।
Categorized in राजनीति