STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

साझा पार्टीको प्रतीकात्मक प्रदर्शन

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २४, शनिबार

विजयरत्न असंबरे –
साझा पार्टीको उपत्यका विशेष साझा अभियान अन्तर्गत शनिबार ललितपुरको मङ्गलबजार दरबार स्क्वायरमा प्रतिस्थापन कला विद्रोह शिर्षक दिएर देशमा भईरहेको राजनैतिक विसंगतिमाथि गहिरो कटाक्ष प्रहार गरिएको छ । विगतमा वर्षको एकपटक हप्तादिन मनाइने गाइजात्रा पर्वमा सामाजिक र राजनैतिक विसंगतिमाथि व्यङ्ग गरी हाँसोको वातावरण सृजना गरिन्थ्यो भने अहिले ३६५ दिननै नेताहरु हाँसोका पात्र बनिरहेको प्रतीक स्वरुप प्रतिस्थापन कला विद्रोह शिर्षक दिएर विरोध प्रदर्शन गरिएको हो । विरोध प्रदर्शनमा उपस्थित प्रदर्शनकारीहरु मध्ये कोही भुईंमा मरेतुल्य भई लडिरहेका थिए भने कसैको हातमा डनबाद, विचौलिया , कसैको हातमा अपराध मिनाहा , मार्सी भोजन,सरकार,मायाको मूल्य के हो?,बलात्कार पछी हत्या लगायतका राजनैतिक कटाक्षले भरिएका प्लेकार्डहरु रहेका थिए । सो कार्यक्रममा साझा पार्टीका बागमति प्रदेश समानुपातिक सांसद माननीय शोभा शाक्य लगायतको उपस्थिति रहेको थियो ।
Categorized in राजनीति