STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सिंगल शटमा खिचिएको गायक सञ्जिव पराजुलीको ‘क्यार्ने हो...’ गीत सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ भाद्र २३, बिहिबार

नेपाली सांगीतिक क्षेत्रको स्थापित नामका रुपमा रहेका  गायक सञ्जिव पराजुली  को सिंगल शटमा खिंचिएको म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ ।

आफूले गाउने हरेक गीतमा केही पृथक शैलीको प्रयोग गर्न रुचाउने गायक पराजुलीले यसपटक आफ्नो गीत ‘क्यार्ने हो ’ मा पनि केही नयाँ प्रयोग को रुपमा सिंगल शटमा खिच्ने काम गरेका छन् ।

लोकप्रिय संगीतकार वसन्त सापकोटाको शब्द तथा संगीतमा तयार भएको यो नयाँ गीतको म्युजिक भिडियो बिहिवार साँझ सार्वजनिक भएको हो ।

गायक पराजुलीले लामो समय लगाएर तथा धेरै मेहनतपछि यो गीत तथा म्युजिक भिडियो तयार पारिएको बताएका छन् ।

राजन इशानको संगीत संयोजन रहेको यो गीतको म्युजिक भिडियोमा नौलो प्रयोग गरिएको गायक पराजुली बताउँछन् ।

राहुल शाहको अवधारणा, कोरियोग्राफी तथा निर्देशनमा बनेको उक्त गीतको म्युजिक भिडियो ‘वान शट’ मा छायांकन गरिएको छ ।

नेपाली म्युजिक भिडियोको इतिहासमा यो सम्भवतः पहिलो प्रयोग भएको गायक पराजुलीको भनाइ छ ।

भिडियोमा राहुल शाह, अलिशा शर्मा, युमी बलामी, भाइब एण्ड वेभ ग्रुप तथा नृत्य ट्रुप्स नेपालको अभिनय तथा नृत्य छ ।

'सिंगल शट’ म्युजिक भिडियोको रुपमा  सार्वजनिक गरिएको उक्त गीतको भिडियोमा पवन सुस्लिङको छायांकन तथा सम्पादन रहेको छ ।

गायक पराजुलीका यसअघिका ‘नाइँ मलाई थाहा छैन’ ,  ‘कर्के नजर’,  छैन मलाई पिर’ लगायतका दर्जनौ गीतले दर्शक श्रोताको मन जितिसकेको  छ ।

म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

Categorized in साहित्य-कला