सिन्धुपाल्चोकमा फेरि भीषण पहिरो, १८ घर पुरिए, १२ बेपत्ता, सभामुख घटनास्थलतर्फ
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २८, आइतबार
काठमाडौं – सिन्धुपाल्चोकको बाह्रबिसेमा गत राति गएको पहिरो जाँदा १८ घर पुरिएका छन् ।
खहरे खोलामा बाढीसहित आएको पहिरोले घरहरु बगाएको हो । पहिरोले भीरखर्क, नागपुच्छे चाङसार र किम्बे गाउँ क्षेत्रमा क्षति पुर्याएको छ ।
इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाए अनुसार राति करिब २–३ बजे पहिरो गएको थियो भने यसबारे थप विवरण आउन बाँकी रहेको छ ।
घटनास्थलमा अहिले सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पठाइएको छ ।
पहिरोमा कम्तिमा १२ जना मानिस बेपत्ता भएको जनाइएको छ ।
सभामुख सापकोटा घटनास्थलतर्फ
सिन्धुपाल्चोकको पहिरो गएको सुचनालगत्तै प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा त्यसतर्फ लागेको बुझिएको छ । उनी स्थलमार्गबाट आज बिहानै सिन्धुपाल्चोकको बाह्रबिसे गएका हुन् ।
फाइल तस्बिर
Categorized in अपराध-दुर्घटना