STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन नगर्ने गठबन्धनको निर्णय

Janjati Khabar – Janjati Khabar | २०८० श्रावण २९, सोमबार

काठमाडौँ । सत्तारुढ दलहरुको बैठकले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन नगर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति नबनाउने निर्णय गरेको हो ।

नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिनका उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै साउन १० गतेदेखि संसद् अवरुद्ध गर्दै आएको छ ।

तर सत्ता गठबन्धनको बैठकले एमालेको माग सम्बोधन गर्न उच्चस्तरीय छानबिन समिति गठन नगर्ने निर्णय गरेको हो ।

Categorized in राजनीति