STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सुवर्णकेशरी चित्रकार र जुजुकाजि रन्जित सम्मानित

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ आषाढ ३, मंगलबार

गणेशदेवी मेमोरियल फाउण्डेसनको आयोजनामा नेपाल भाषा,साहित्य,कला र संगीतको क्षेत्रमा विशिष्ट योगदान पु-याउनु हुने स्रस्ताहरुलाई सम्मान तथा पुरस्कृत गरिने एक बार्षिक कार्यक्रम “गणेश देवी स्मृति पुरस्कार” को तेस्रो संस्करणमा ख़्यातिप्राप्त वरिष्ठ साहित्यकार र प्रतिबद्ध भाषा अभियन्त सुवर्णकेशरी चित्रकार र वरिष्ठ ग़ायक  जुजु काजी रंजितलाई (सम्मान पत्र सहित जनही नगद रु. २५०००/- ) सम्मान गरीएको छ । 

 नेपालभाषा मंका खलःको सभाकक्षमा सम्पन्न सो कार्यक्रममा राष्ट्रीय स्तरमा प्रतिष्ठित नेपाली र नेपाल भाषाका लोकप्रिय गायक जुजु काजी रंजित र युवा गायक सज्जु मानन्धरले सम्मानित व्यक्तित्वको सम्मानमा उहाँको नेपाल भाषाको आइकोनिक गीत “छन्त जी धात्थें यगु खःसा ” प्रस्तुत गरेका थिए भने  बाल कलाकारहरूले नेपाल भाषाको गीत प्रस्तुत गरे/ 

गणेश देवी फ़ाउण्डेसनका अध्यक्ष वरिष्ठ साहित्यकार कवि स्नेह सायमि सभापति रहेको सो कार्यक्रम मा प्रमुख अतिथि बरिष्ठ साहित्यकार र प्रतिबद्ध भाषा अभियन्ता डा. महेश मान श्रेष्ठ लगायत सम्मानित र पुरष्कृत ख़्यातिप्राप्त साहित्यकार आदरणीय सुबर्णकेशरी चित्रकार र बरिष्ठ ग़ायक आदरणीय जुजु काजी रंजित, बिशेष अतिथिहरू नेपाल ओलम्पिक कमिटिकों अध्यक्ष, पूर्व संघीय मन्त्री जीवन राम श्रेष्ठ, पूर्व का.म.पा.मेयर विद्या सुंदर शाक्यको विशेष उपस्थिति रहेको थियो ।

Categorized in साहित्य-कला