STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सुशीला हुँदैन, बालेन–हर्क चाहिन्छ भन्दै भद्रकालीस्थित जंगीअड्डा पुगे युवाहरू

Janjati Khabar – Janjati Khabar | २०८२ भाद्र २६, बिहिबार

काठमाडौँ - सेनासँग जेनजीको वार्ता चल्दै गर्दा भद्रकालीस्थित जंगीअड्डामा भेला भएका युवाहरूले एक समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको विषयमा असन्तुष्टि पोखेका छन् । 

उनीहरुले जेनजीको नेतृत्व बालेन शाह र हर्क साम्पाङ जस्ता युवा गर्नुपर्ने माग गरेका हुन् । जेनजीहरुको तर्फबाट नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशील कार्कीको नाम अगाडि आएपनि उनीहरुले बालेन र हर्क जस्ता युवाहरू अगाडि आउनुपर्ने धारणा राखेका हुन् । 

बुधबार साँझ जंगीअड्डामा जेनजीका प्रतिनिधि पुगेका छन् भने सोही क्रममा यसबारे उनीहरू एकमत नरहेका हुन् । सेनाले जेनजीका प्रतिनिधिसँग वार्ता विभिन्न चरणमा गरिरहेको छ । यसबारे ठोस निष्कर्ष निस्किएपछि राष्ट्रपतिसँग औपचारिक वार्ता हुने बताइएको छ ।

Categorized in राष्ट्रिय