STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

स्वास्थ्य संस्था सूचीकरण गर्न आग्रह

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १३, बुधबार

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने सम्पूर्ण संस्थालाई सूचीकरणका लागि आग्रह गरेको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै नेपाल सरकारबाट स्वीकृतिप्राप्त स्वास्थ्य संस्थालाई १० दिनभित्र मन्त्रालयमा सूचीकरण गराउन आग्रह गरेको हो । वैदेशिक रोजगार नियमावली ९चौथो संशोधन० २०६४ को नियम ४५ ९क० तथा वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि २०७२ बमोजिम सूचीकरण हुन इच्छुक संस्थाले मन्त्रालयको कानून तथा फैसला कार्यान्वयन शाखाका निवेदन दिनुपर्ने छ । सरकारले तोकेको मापदण्ड पूरा गरेका सूचीकृत स्वास्थ्य संस्थाले मात्र वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय