STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

हरवाचरवालाई व्यापार गर्न आर्थिक सहयोग

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २२, शुक्रबार

हरवाचरवा परिवारकायी महिलालाई साना व्यवसायीको माध्यमबाट आत्मनिर्भर बनाउने उद्देश्यले श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले आर्थिक सहयोग गरेको छ । सामाजिक परिचालन तथा शिक्षाको माध्यमबाट हरवाचरवाको सशक्तिकरण कार्यक्रम अन्तर्गत द फ्रिड्म फण्डको सहयोगमा सप्तरीको शम्भुनाथ नगरपालिका– २, ३ र ५ का ११ हरवाचरवा परिवारलाई रु पाँच हजारदेखि १० हजारसम्म आर्थिक सहयोग गरिएको हो । शम्भुनाथ नगरपालिका– २ स्थित खोक्सरमा आयोजित हरवाचरवा समस्या समाधान विषयक अन्तक्र्रिया कार्यक्रममा शम्भुनाथ नगरपालिका –२ का अध्यक्ष दुर्गानन्द भगत, वडा नं– ३ का वडाअध्यक्ष सत्रुधन चौधरी र वडा नं– ५ का वडाध्यक्ष हिरणकुमार चौधरीले हरवाचरवा परिवारलाई चेक हस्तारन्तरण गर्नुभयो । पूँजी अभावका कारण व्यापार सञ्चालन गर्न नसकिएको भन्दै हरवाचरवा परिवारले आर्थिक सहयोगको माग गरेपछि साबुन व्यापार, तरकारी व्यापार, चटपटे व्यापार, चिया नास्ता पसल सञ्चालन गर्न आर्थिक सहयोग प्रदान गरेको श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीका टोली नेता विनोदानन्द चौधरीले बताउनुभयो । यस्तै वडा नं– ५ का घुरनीदेवी सदालाई रु १० हजार र शैनकीदेवी सदा तथा रामकुमार मण्डललाई रु पाँच÷पाँचका दरले आर्थिक सहयोग गरिएको छ ।
Categorized in राष्ट्रिय