STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

हेमबहादुर मल्ल सम्मान पाण्डेलाई

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २०, शुक्रबार

साल्ट ट्रेडिङ कर्पोरेशनको प्रायोजनमा स्थापित २०७२ सालको हेमबहादुर मल्ल सम्मान पूर्वमन्त्री देवेन्द्रराज पाण्डेले प्राप्त गर्नुभएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनसँगको साझेदारीमा नेपाल जनप्रशासन सङ्घले आज राजधानीमा गरेको कार्यक्रममा नेपाली संस्कृतिका जानकार सत्यमोहन जोशीले उहाँलाई रु दुई लाख नगदसहित सम्मान गर्नुभयो । नागरिक समाजका अगुवा पाण्डेले नेपालको चौतर्फी विकास, प्रशासन तथा अर्थतन्त्रमा सुधारका साथै सुशासन प्रवद्र्धनमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । सम्मान ग्रहण गर्दै श्रीपाण्डेले सम्मानबाट थप जिम्मेवारी बढेको बताउँदै राष्ट्रको सर्वतोमुखी समृद्धिका निम्ति हरेक नागरिकले सक्दो योगदान गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा साल्ट ट्रेडिङ लिमिटेडका अध्यक्ष लक्ष्मीदास मानन्धरले सरकारी र निजी क्षेत्रको संयुक्त लगानीमा स्थापित संस्थाले कुशल प्रशासक हेमबहादुर मल्लले संस्थाको उन्नयनका निम्ति निर्वाह गरेको भूमिकाको सराहना गर्नुभयो । यसअघि उक्त सम्मान केदारभक्त माथेमा, चाँदनी जोशी, डा भगवान कोइराला, विमल कोइराला, महावीर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा सुरेशराज शर्मा र खिलराज रेग्मी, उमेश मैनाली र दामोदरप्रसाद गौतमले प्राप्त गर्नुभएको थियो ।
Categorized in राष्ट्रिय