STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

२५ हजारमाथि सक्रिय संक्रमित देखिए पुनः लकडाउन !

Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन ७, बुधबार

काठमाडौं – देशभर कोरोना भाइरस (कोभिड-१९) संक्रमणको दर बढ्दै गएपछि इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस) ले २५ हजारमाथि सक्रिय संक्रमित भएमा लकडाउनका लागि सिफारिस गर्ने निर्णय गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २५ हजारमाथि संक्रिय संक्रमित हुँदा स्वास्थ्य सम्बन्धी निकायले व्यवस्थापन गर्न कठिन हुने भन्दै यस्तो निर्णय भएको जानकारी दिए। ‘अहिले १७ हजार सक्रिय संक्रमित छन्। कुनै दिन २५ हजार सक्रिय संक्रमित भएमा फेरि बन्दाबन्दी गर्ने गरी सिफारिस भएको छ’, उनले भने, ‘अन्तर्राष्ट्रिय नाकामा हेल्थ डेस्क स्थापनाका लागि दरबन्दी पुनरवालोकन गर्ने पनि निर्णय भएको छ।’ सँगै संक्रमण दर बढ्दै गएकाले स्वास्थ्य मापदण्ड पालना नभएका विभिन्न क्षेत्र अझै एक महिनासम्म बन्द गर्ने निर्णय गरेको छ। आईसीएसको बैठकले एक महिना सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता गौतमले बताए । ‘कोरोना संक्रमण दर तीब्र रुपमा बढ्दै जाँदा सबै सेवा र व्यवसाय एक महिना नखोल्ने गरी मन्त्रालय अन्तर्गत इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले सिफारिस गरेको छ’, प्रवक्ता गौतमले ‘अवस्था जटिल बन्दै गएकाले यस्तो सिफारिस गरिएको हो।’
Categorized in राष्ट्रिय