२६औँ पटक सगरमाथामा टेकेर कामीरिताले राखे नयाँ विश्वरेकर्ड
Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख २४, शनिबार
काठमाडौँ - आफ्नै रेकर्ड तोड्दै ५२ वर्षे कामीरिता शेर्पा २६औं पटक विश्वको सर्वाेच्च शिखर सगरमाथा चुचुरामा पुगेका छन् ।
आज (शनिबार) साँझ ६ः५५ बजे उनीसहित ११ जनाको टोलीले सगरमाथा शिखरमा पाइला टेकेको हो ।
उनले २५औं पटक सगरमाथा चुचुरामा पुगेको आफ्नै रेकर्ड पनि तोडेका छन् ।
काठमाडौँस्थित सेभेन समिट ट्रेकका अनुसार उनी यो ट्रेकको गाइड पनि हुन् ।
कामीरिताले १३, १९९४ मा सगरमाथा चुचुरोमा पहिलो पाइला राखेका थिए ।
त्यसपछि उनले केटु, लोत्से, मनास्लु, चोयुलगायतका हिमाल आरोहणको पनि रेकर्ड कायम गरेका छन् ।
Categorized in राष्ट्रिय

