‘दफ्टर क्लब’ भवन शिलान्यास
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १०, शुक्रबार
काठमाडौँ महानगरपालिका–२३ दफ्टर टोलमा ‘दफ्टर क्लब’ भवन निर्माणको शिलान्यास गरिएको छ । काठमाडौँ क्षेत्र नं ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएको उक्त दुईतले भवन चालू आवभित्र तयार गरिनेछ । भवन रु २० लाखको लागतमा ज्येष्ठ नागरिकमैत्री भवन निर्माण गरिनेछ ।
प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले भवनको शिलान्यास गर्दै क्लब भवन सबैको साझा स्थल भएको हँुदा सामाजिक सेवाका कार्यमा यसलाई उपयोग गर्नुपर्ने बताउनुभयो ।
वसन्तपुर दरबार क्षेत्र र स्वयम्भू विश्व सम्पदा क्षेत्रमा सूचीकृत दुई प्राचीन सम्पदा स्थल भएको काठमाडौँ निर्वाचन क्षेत्र नं ८ का स्थानीय विकास र पूर्वाधार निर्माणमा प्रतिबद्धता व्यक्त गर्दै उहाँले क्लबको सक्रियताले टोलवासी बीचमा आत्मीयता बढाउने, समुदायको संस्कृति र सम्पदा संरक्षण एवं संवद्र्धन गर्ने कार्यमा समेत टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्षसमेत रहनुभएका श्रेष्ठले टोललाई राम्रो बनाउन सामूहिक छलफल गर्ने र युवा, बालबालिका, महिला र ज्येष्ठ नागरिकको हितमा निरन्तर काम गर्न उक्त भवनको महत्व रहेको बताउनुभयो ।
कामपा–२३ का अध्यक्ष मचाराजा महर्जन, सोही वडाका सदस्य चन्द्रादेवी मानन्धर, दफ्टर सामुदायिक क्लब भवन उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्र शाहीलगायतले स्थानीय तहले त्यस क्षेत्रमा रहेका प्राचीन महत्वका मठमन्दिर र स्मारकको संरक्षण गरी पर्यटकलाई आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो ।
Categorized in राष्ट्रिय


