STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘निफ’को जुरी प्रमुखमा मजुमदार र ली रान मनोनित

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ माघ २६, बिहिबार

नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानको आयोजनामा यही आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को ‘जुरी’ प्रमुखहरु मनोनित गरिएको कुरा आयोजक संस्थाका अध्यक्ष के पि पाठकले जानकारी गराउनु भएको छ । यसरी मनोनित हुनु हुनेमा फिचर फिल्म तर्फको प्रमुखमा भारतीय फिल्मका ख्यातिप्राप्त लेखक तथा समीक्षक प्रेमेन्द्र मजुमदार रहेका छन् भने छोटो तथा डकुमेन्ट्री फिल्म तर्फको प्रमुखमा ‘बेइजिङ फिल्म एकेडेमी’की डिन ली रान मनोनित हुनु भएको छ । 

प्रेमेन्द्र मजुमदार भारतीय चलचित्र जगतमा पुनर्जागरण ल्याउने व्यक्ति मानिनु हुन्छ । फिल्म समालोचना, लेखन, क्युरेटिङ तथा परामर्शका क्षेत्रहरूमा प्रेमेन्द्रले आफूलाई 

विश्वव्यापी फिल्म समुदायकोआवाजको रूपमा स्थापित गरिसक्नु भएको छ।

चलचित्र र सामाजिक गतिशीलताको राजनीतिमा सन्२०१५ मा कोलकातामा उद्घाटन गरिएको यो महोत्सव एक प्रमुख सांस्कृतिक कार्यक्रम भएको छ, जसले विश्व सिनेमाका उत्कृष्ट फिल्मलाई देशभरीका दर्शक माझ पुर्याउँछ ।

Categorized in सिनेमा