STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘सुसाइड नोट’ शालीनले नै लेखेको पुष्टि

Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण २२, मंगलबार

काठमाडौं– चितवनको रत्ननगर नगरपालिका १० स्थित एकता शिशु निकेतनको होस्टेलमा मृत भेटिएकी १४ वर्षीया शालीन पोखरेलको भनिएको ‘सुसाइड नोट’ उनैले लेखेको पुष्टि भएको छ।

शालीनले आत्महत्याअघि लेखेको ‘सुसाइड नोट’ उनकै भएको पुष्टि नेपाल प्रहरीको फरेन्सिक ल्याबको परीक्षणबाट भएको हो। प्रहरी प्रधान कार्यालयस्थित स्रोतले फरेन्सिक ल्याबमा गरिएको परीक्षणबाट उक्त ‘सुसाइड नोट’ शालीनले नै लेखेको पुष्टि भएको जनाएको छ। 

उनले आत्महत्याअघि लेखेको ‘सुसाइड नोट’मा भनिएको छ, ‘सरी एभ्रिबडी, मैले अहिलेसम्म जति पनि गल्ती गरेँ, मेरो मम्मी बाबालाई याद गर्छु भन्दिनु, आईएम सरी!’

शालीनको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि उनका बाबुआमा दुवैको उपस्थितिमा मंगलबार दिउँसो अन्त्येष्टि गरिएको छ।

शालीन अघिल्लो शनिबार बिहान १० बजेतिर कोठाको पङ्खामा स्काउटको डोरी लगाएर झुण्डिएको अवस्थामा भेटिएकी थिइन्। त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टबाट उनको बलात्कार नभएको पुष्टि भएको थियो। 

शालीनको बलात्कारपछि हत्या भएको दाबी उनकै बुवा दीपेन्द्रले गरेका थिए। यो प्रकरणमा दीपेन्द्रका भाइले जिल्ला प्रहरी कार्यालय, चितवनमा एकता शिशु निकेतनका प्रिन्सिपल बालहरि देवकोटा, भाइस प्रिन्सिपल किरणबहादुर अधिकारी र होस्टल वार्डेन कमल पौडेलविरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए।

अहिले उनीहरूलाई चार दिन म्याद थपेर अनुसन्धान भइरहेको छ।

Categorized in अपराध-दुर्घटना