STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘स्याङ्जा कप भलिबल’को उपाधि आँधीखोला क्लबलाई

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १९, बिहिबार

आँधीखोला स्पोर्टस् क्लब हङकङले १२ औँ स्याङ्जा कप भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको उपाधि आज जितेको छ । नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य सरस्वती चौधरी सम्मिलित आँधीखोला स्पोर्टस् क्लबले हङकङको टुइन मुनमा आज बिहान भएको महिलातर्फको फाइनलमा नेपाली राष्ट्रिय टोलीकी उपकप्तान मञ्जु गुरुङ सम्मिलित पर्वत भलिबल क्लब हङकङलाई २–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । आँधीखोलाले पहिलो सेट १९–२५ ले गुमाए पनि दोस्रो र तेस्रो सेट २५–२३ र २५–१३ ले जित्दै उपाधि जित्न सफल भयो भने उपाधिसँगै आँधीखोलाले तीन हजार हङकङ डलर प्राप्त ग¥यो । सरस्वतीले आफ्नो टोली एपीएफलाई लगातार पाँचौपटक राष्ट्रिय महिला भलिबलमा च्याम्पियन बनाएलगत्तै बुधबार मात्रै हङकङ पुगेकी थिइन् । पुरुषतर्फ हलेसी स्पोर्टस् क्लबले आँधीखोला स्पोर्टस् क्ललाई २–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भयो । हलेसीले २१–२५, २५–१५ र २५–२३ ले जित्न सफल भयो । प्रतियोगिताको महिला तथा पुरुषमा छ टोलीको सहभागिता रहेको थियो । पुरुषतर्फ समूह ‘ए’ मा घान्द्रुक समाज, हलेसी क्लब र बाग्लुङ समाज तथा समूह ‘बी’मा आँधीखोला स्पोर्टस् क्लब, पुन क्लब र पर्वत क्लब रहेका थिए । महिलातर्फ समूह ‘ए’ मा घान्द्रुक समाज, पर्वत क्लब र नेप्लिज क्लब रहेका छन् । समूह ‘बी’मा पुन क्लब, लिम्बूवान र आँधीखोला स्पोर्टस् क्लब रहेका छन् ।
Categorized in खेलकुद