राष्ट्रिय
-
२०८२ माघ १८, आइतबार
प्रतिनिधिसभा सदस्य निर्वाचनः आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल
काठमाडौँ, निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि अलग्गै इमेलको व्यवस्था गरेको छ ।आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी जानकारी दिन आयोगले साप्ताहिक रूपमा आयोजना गर्ने गरेको पत्रकार सम्मेलनका अवसरमा आज यहाँ सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले आचारसंहिता उल्लङ्घनका घटनाबारे नागरिकले प्रमाणसहित उजुरी दिनसक्ने गरी अलग्गै इमेलको व्यवस्था गरिएको...
-
२०८२ माघ १८, आइतबार
चुनाव प्रचारप्रसारमा रेडक्रसको चिह्न प्रयोग नगर्न आग्रह
काठमाडौँ, नेपाल रेडक्रस सोसाइटीले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रचारप्रसारका क्रममा रेडक्रसको चिह्न प्रयोग गर्न आग्रह गरेको छ । आज महामन्त्री मीनबहादुर मल्लले जारी गर्नुभएको विज्ञप्तिमा रेडक्रसको चिह्न जेनेभा महासन्धीअनुसार अन्तरराष्ट्रिय रूपमा संरक्षित मानवीय सेवाको प्रतीक भएकाले राजनीतिक, धार्मिक वा वैचारिक उद्देश्यका लागि रेडक्रसको चिह्नको प्रयोग गर्न निषेध गरिएको उल्लेख छ । “आगामी...
-
२०८२ माघ १८, आइतबार
सामाजिक न्यायको हक लागू गर्न सर्वोच्चको आदेश
काठमाडौँ, १सर्वोच्च अदालतले सङ्घ, प्रदेश र स्थानीय तहमा सामाजिक न्यायको हक लागू गर्न निर्देशनात्मक आदेश गरेको छ ।न्यायाधीश डा मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले २०८२ साल असार ४ मा भएको फैसलाको हालै सार्वजनिक पूर्णपाठमा नेपालको संविधानको धारा ४२ को सामाजिक न्यायको हक कार्यान्वयन गर्न निर्देशनात्मक आदेश गरेको हो ।पूर्णपाठमा भनिएको छ, “सङ्घ, प्रदेश तथा स्थानीय तह र तीनवटै...
-
२०८२ माघ १७, शनिबार
सम्बन्ध विच्छेदका कारण बालश्रमको बढ्दै
भोजपुर,सम्बन्ध विच्छेदका घटनाले बालबालिकाको जीवनमा असर पार्न थालेको छ । पारिवारिक विखण्डनसँगै अभिभावकको संरक्षण, माया–ममताबाट वञ्चित बालबालिका श्रममा धकेलिन थालेका छन् । वैवाहिक सम्बन्ध टुट्ने क्रम बढ्दै जाँदा धेरै बालबालिका विद्यालय छोडेर रोजगारीमा लाग्न बाध्य भएका छन् । आमा–बुवाको सम्बन्ध विच्छेद सिर्जित आर्थिक अभाव, भावनात्मक अस्थिरता तथा अभिभावकत्वको कमीका कारण उनीहरू घरेलु काम, होटल,...
-
२०८२ माघ १७, शनिबार
गोसाइँकुण्डमा बरफ जमेपछि सावधानी अपनाउन आग्रह
रसुवा,रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्ड क्षेत्रमा बढेको चिसोका कारण तालको सतहमा बरफ जमेको छ । बरफ जमेको अवस्थामा तालमाथि हिँड्डुल गर्दा बरफ फुटेर दुर्घटना हुन सक्ने जोखिम बढेकाले यात्रु तथा तीर्थयात्रीलाई विशेष सावधानी अपनाउन गोसाइँकुण्ड गाउँपालिकाले अनुरोध गरेको छ ।पानी जमेकोजस्तो देखिए पनि तलभित्र गहिरो दह रहेकाले बरफमाथि हिँड्दा एक्कासि फुट्न सक्ने सम्भावना उच्च हुने भएकाले आवश्यक सावधानी...
-
२०८२ माघ १३, मंगलबार
पश्चिम नेपालमा वर्षा र हिमपात सुरु, राति पूर्वतर्फ सर्दै आउने
काठमाडौँ, आज साँझ प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण हाल पश्चिम नेपालबाट वर्षा र हिमपात सुरु भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले हाल वैतडी र दार्चुला, चाँदनी दोधाराबाट वर्षा सुरु भएको र डोल्पा, हुम्लातिर हिमपात सुरु भएको जानकारी दिनुभयो । उक्त प्रणालीका कारण राति थप वर्षा र हिमपात हुँदै प्रणाली पूर्व सर्दै आउने पनि उहाँले...
-
२०८२ माघ ८, बिहिबार
चैतमा नङ एकेडेमी ले नेपाल भारत प्राध्यापक सम्मेलन गर्ने
प्राज्ञिक एवम् वाङमय क्षेत्रमा सक्रिय संस्था नइ एकेडेमीले आगामी चैत २७, २८ र २९ गते (अप्रिल १०, ११ र १२) काठमाडौँमा 'नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आयोजना गर्ने भएको छ । नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनका लागि नेपाली भाषासाहित्यको विद्यावारिधि तहसम्मको पठनपाठन र अनुसन्धान हुने दुवै देशका सम्पूर्ण विश्वविद्यालयका २८ जना प्राज्ञबाट दस्ताबेज प्रस्तुत गरिने छन् । नइ...
-
२०८२ माघ ६, मंगलबार
इन्दिरा प्रसाईका कथाको सौन्दर्यशास्त्रको लोकार्पण
महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले प्रा.डा.दयाराम श्रेष्ठद्वारा लिखित ‘इन्दिरा प्रसाईका कथाको सौन्दर्यशास्त्र’ नामक ग्रन्थको सोमबार राजधानीमा लोकार्पण गर्नुभयो । वानीरा फाउन्डेसनद्वारा आयोजित उक्त समारोहमा प्रमुख अतिथि डा.त्रिपाठीले भन्नुभयो— ‘नेपाली कथा साहित्यका आधिकारिक विशेषज्ञ प्रा.डा.दयाराम श्रेष्ठले सिद्धहस्त कथाकार इन्दिरा प्रसाईका कथाबारे समालोचना गरेर ठुलो न्याय गर्नुभएको छ ।’ ...
-
२०८२ माघ ४, आइतबार
लकस नेपाल काे अध्यक्ष मा सुरजबीर बज्राचार्य सर्वसम्मत
लकस नेपालको ५ औं अधिवेशन तथा १४ बार्षिक सभाले सुरजवीर बज्राचार्यको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । निर्विरोध निर्वाचित कार्यसमितिमा उपाध्यक्ष ज्ञानीशोभा महर्जन, सचिव धर्मकृष्ण सिकर्मी, कोषाध्यक्ष रश्मिला शाक्य, सदस्यहरुमा रमा तुलाधर बज्राचार्य, सुरेन्द्रमान शाक्य (शाक्य सुरेन), राज्यलक्ष्मी बज्राचार्य, कुमारी तण्डुकार, झवेन्द्रप्रकाश भट्टराई रहनु भएको छ । संस्थाका कानूनी सल्लाहकार...
-
२०८२ माघ १, बिहिबार
सरकारी कामकाजी भाषा पूर्ण कार्यान्वयन हुन नसकेको आरोप
सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन अझै पूर्ण रूपमा हुन नसकेको सरोकारवालाहरूले बताएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) उपत्यका प्रदेश समन्वय समितिद्वारा बुधबार काठमाडौँमा आयोजित ‘फोनिज संवाद’ कार्यक्रममा सहभागी वक्ताहरूले बागमती प्रदेश सरकारले कामकाजी भाषाको रूपमा लागू गरेको नेपाल भाषा र तामाङ भाषाको कार्यान्वयनमा नीतिगत तथा व्यावहारिक जटिलता कायम रहेको बताएका हुन् । नेपाल...
-
२०८२ पौष २९, मंगलबार
ताम्रकार समाज मा दोहरिए बिनोद ताम्रकार
ताम्रकार समाजको सत्ताइसौं सामूहिका भेला तथा एक्काइसौं साधारणसभाको अवसरमा प्रमुख अतिथी नेपालभाषा एकेडेमिका चान्सलर एवं नेवा: समुदायका अगुवा मल्ल के सुन्दरले लिच्छवी राजा अंशुवर्माको कैलाशकूट दरवारमा रहेको तामाको छाना लगायतका सामाग्रीहरुको निर्माण ताम्रकार वर्गले गरेको भन्ने शिलालेखहरुमा उल्लेख भएका कारण यसबारे थप खोजविन हुनुपर्ने बताउनु भयो । ताम्रकार समाजका अध्यक्ष बिनोद ताम्रकारको सभापतित्वमा...
-
२०८२ पौष २९, मंगलबार
ताम्रकार समाज मा दोहरिए बिनोद ताम्रकार
ताम्रकार समाजको सत्ताइसौं सामूहिका भेला तथा एक्काइसौं साधारणसभाको अवसरमा प्रमुख अतिथी नेपालभाषा एकेडेमिका चान्सलर एवं नेवा: समुदायका अगुवा मल्ल के सुन्दरले लिच्छवी राजा अंशुवर्माको कैलाशकूट दरवारमा रहेको तामाको छाना लगायतका सामाग्रीहरुको निर्माण ताम्रकार वर्गले गरेको भन्ने शिलालेखहरुमा उल्लेख भएका कारण यसबारे थप खोजविन हुनुपर्ने बताउनु भयो । ताम्रकार समाजका अध्यक्ष बिनोद ताम्रकारको सभापतित्वमा...


