STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपालमा संक्रमितको संख्या ६८२ पुग्यो

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १२, सोमबार

काठमाडौं - थप ६ जनामा कोरोना संक्रमण देखिएपछि नेपालमा काेरोना संक्रमितकाे संख्या ६८२ पुगेको छ । अछाममा १, बर्दियामा ३ र पर्सामा १ र काठमाडौंमा १ गरी कुल थप ६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो। अछाम मेललेकका ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो। सेती प्रादेशिक अस्पतालामा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण देखिएको हो। त्यसैगरी भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनाको कोरोना पोजिटिभ देखिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार गुलरिया १० बर्दियाका २२ र २४ वर्षीय पुरुष र गुलरिया २ बर्दियाका १८ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो। यस्तै नारायणी अस्पतालको प्रयोगशामा गरिएको परीक्षणमा दुई जनामा पोजिटिभ देखिएको छ। उनीहरु जिरा भवानी गाउँपालिका ४ पर्सा कालिकामाइको क्वारेन्टाइनमा रहेकामा १८ वर्षका पुरुष र काठमाडौं महानगरपालिका १५ घर भएका कलैयामा काम गर्नेमा कोरोना पोजिटिभ देखिएको हो। हालसम्म कोरोना संक्रमणबाट निकाे भएर ११२ जना डिस्चार्ज भएका छन् भने ४ जनाको मृत्यु भएको छ। पीसीआर विधिबाट ५१ हजार ६४२ र आरडीटी विधिबाट ९५ हजार १९२ नमूना परीक्षण भएका छन्। गत २४ घन्टामा पीसीआर २हजार ९०४ र आरडीटी ५हजार १६६ नयाँ नमूना परीक्षण भएका हुन्। सबै प्रदेशमा आरडीटी परीक्षण भइरहेको छ। जसमध्ये प्रदेश १ मा १० हजार ८२७ ,प्रदेश २ मा ६हजार ४६८ मा ,बागमती प्रदेशमा २३ हजार ३१३ ,गण्डकी प्रदेशमा ७हजार ७०१ ,प्रदेश ५ मा १६हजार २१५ ,कर्णाली प्रदेशमा १० हजार ५८ र सुदूरपश्चिम प्रदेशमा २० हजार ६१० गरी कुल ९५ हजार १९२ वटा आरडीटी नमूना परीक्षण भएका छन्। क्वारेन्टाइनमा ४६ हजार २९ रहेका छन्।
Categorized in राष्ट्रिय