मन्त्री र सांसदलाई पनि कोरोना संक्रमण
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २२, बिहिबार
काठमाडाैं – प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार साँझ आएको रिपोर्टमा मन्त्री यादवलाई कोरोना पोजिटिभ पुष्टि भएको सामाजिक विकास विकास मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
त्यस्तै प्रदेश सांसद रिना यादवलाई पनि कोरोना पोजिटिभ भएको समाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्री यादव मन्त्रालयको निवासमै होम आइसोलेसनमा बसेका छन् ।
Categorized in राजनीति