STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सिन्धुपाल्चोकमा फेरि भीषण पहिरो, १८ घर पुरिए, १२ बेपत्ता, सभामुख घटनास्थलतर्फ

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २८, आइतबार

काठमाडौं – सिन्धुपाल्चोकको बाह्रबिसेमा गत राति गएको पहिरो जाँदा १८ घर पुरिएका छन् । खहरे खोलामा बाढीसहित आएको पहिरोले घरहरु बगाएको हो । पहिरोले भीरखर्क, नागपुच्छे चाङसार र किम्बे गाउँ क्षेत्रमा क्षति पुर्याएको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाए अनुसार राति करिब २–३ बजे पहिरो गएको थियो भने यसबारे थप विवरण आउन बाँकी रहेको छ । घटनास्थलमा अहिले सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पठाइएको छ । पहिरोमा कम्तिमा १२ जना मानिस बेपत्ता भएको जनाइएको छ । सभामुख सापकोटा घटनास्थलतर्फ सिन्धुपाल्चोकको पहिरो गएको सुचनालगत्तै प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा त्यसतर्फ लागेको बुझिएको छ । उनी स्थलमार्गबाट आज बिहानै सिन्धुपाल्चोकको बाह्रबिसे गएका हुन् ।

फाइल तस्बिर

Categorized in अपराध-दुर्घटना