STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

तारकेश्वरमा बर्डफ्लु पुष्टि, सयाैंकाे संख्यामा कुखुरा र हाँस नष्ट

Janjati Khabar – Janjati Khabar | २०७७ माघ ३०, शुक्रबार

काठमाडौं – काठमाडौंको तारकेश्वर साङ्लेखाला छापका किसानले पालेको कुखुरा र हाँसमा बर्डफ्लु भएको पुष्टि भएको छ ।

तारकेश्वर–१ स्थित साङलेखाला छापका किसान प्रल्हाद तामाङ, उनका छोरा सुमन तामाङले पालेको हाँस र कुखुरामा बर्डफ्लु पुष्टि भएको तारकेश्वर नगरपालिका पशु शाखा प्रमुख धनिपत रायले बताए ।

केही दिनअघि स्थानीय किसानले पालेको हाँस र कुखुराको नमुना त्रिपुरेश्वरस्थित प्रयोगशालामा परीक्षणका लागि पठाएको थियो । परीक्षणपछि हिजो बेलुका बर्डफ्लु भएको पुष्टि भएको हो ।

बर्डफ्लु पुष्टि भएसँगै ‘र्‍यापिड रेस्पोन्स टिम’ ले एक हजार ४०० हाँस र ६५ कुखुरा नष्ट गरिएको बताइएको छ । बर्डफ्लु प्रभावित क्षेत्रका फार्ममा चुना र ‘भिर्कोन स्प्रे’ छर्ने काम भइसकेको प्रमुख रायले जानकारी दिए ।

केही दिनअघि तारकेश्वर– ७ स्थित साङ्लेखाला, फटुङका  किसानले पालेका टर्की हाँसमा बर्डफ्लु पुष्टि भएको थियो । बर्डफ्लु पुष्टि भएपछि १८६५ हाँस, ६२२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको थियो ।

Categorized in उपत्यका