STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

“मोहनी भोज”मा एरोन महर्जन र सिम्रिक श्रेष्ठको आकर्षक जोडी

Janjati Khabar – Lalendra Shakya | २०७८ आश्विन ११, सोमबार

सिम्रिक संकिपा इन्टरटेन्टमेन्ट तथा जे.एल. ट्रेडर्स कीर्तिपुरको संयुक्त प्रस्तुति तथा निर्माण रहेको दशैं गीत ‘मोहनी भोजय् छंगु जिगु...’

कीर्तिपुर/कीर्तिपुर २ वडा देवढोका टोलका खेलाडी भुवन महर्जनको शब्द रचना तथा संगीतमा रिलिज भएको ‘मां...’ गीतको म्यूजिक भिडियोबाट चर्चामा आएका कीर्तिपुर ९ वडा तगःवपि बादेय् गाउँका बालगायक एरोन महर्जन अब अभिनय क्षेत्रमा आफ्नो प्रतिभा प्रष्फुटन गर्न म्यूजिक भिडियोमार्फत् आएका छन् । 

एरोन महर्जर्नसंगै चन्द्रागिरी नगरपालिका थानकोट (हाल १५ वडा नैकाप)की बालप्रतिभा कलाकार सिम्रिक श्रेष्ठ पनि बालकलाकार एरोन महर्जनलाई साथ दिन दशैं गीतको म्यूजिक भिडियो ‘मोहनी भोजय् छंगु जिगु...’ मा देखा पर्ने भएकी छिन् । चर्चित भ्यालेन्टाइन गीत  ‘फोर्टिन फेब्रुअरी...पूजा’का गायक सगुन ताम्राकारको स्वर तथा संगीत संयोजन रहेको ‘मोहनी भोजय् छंगु जिगु...’ दशैं गीत अञ्जना ताम्राकारले रच्नु भएको छ ।

सिम्रिक संकिपा इन्टरटेन्टमेन्ट तथा जे.एल. ट्रेडर्स कीर्तिपुरको संयुक्त प्रस्तुति तथा निर्माण रहेको दशैं गीत ‘मोहनी भोजय् छंगु जिगु...’को सम्पूर्ण छायांकन सम्पन्न भइसकेको र हाल सम्पादन कार्य भइरहेको जानकारी यस म्यूजिक भिडियोका निर्देशक रुपेन श्रेष्ठ थक्वाःमिले दिनुभएको छ । निर्देशक श्रेष्ठका अनुसार यो दशैं गीतको म्यूजिक भिडियो यसै हप्ता ‘एरोन महर्जन’को यूट्युब च्यानलबाट सार्वजनिक हुने भएको छ ।

हालका लगनशील मेहनती युवा क्यामेरा पर्सन एवं भिडियो एडिटर महर्जन रक्कीको छायांकन र सम्पादनमा निर्माण भएको ‘मोहनी भोजय् छंगु जिगु...’ बोलको यो दशैं म्यूजिक भिडियोमा एरोन र सिम्रिकका साथ अन्य बाल कलाकारको पनि भूमिका रहेको छ ।

ईश्वरी रंजितकारले  मेक अप आर्टिष्टको भूमिका निभाएको यस म्यूजिक भिडियो निर्माणको लागि नेवाः लहना विश्व सरसफाई अभियानका अभियन्ता राजमान मानवले विशेष सहयोग गर्नुभएको छ ।

कलाकार सिम्रिक श्रेष्ठ कलाकारिता यात्रामा हाल अभिनय विधालाई विश्राम गर्दै निर्देशन विधामा पाईला चालेका होनहार कलाकार एवं निर्देशक रुपेन श्रेष्ठ थक्वाःमि र साहित्यकार संचारकर्मी सरिना बज्राचार्यकी प्रथम सुपुत्री हुन् भने कलाकार एरोन महर्जन कीर्तिपुर क्षेत्रका साहित्य संगीत कलाकारिताप्रेमी जनक महर्जन तथा राज्यलक्ष्मी महर्जनका प्रथम सुपुत्र हुन् ।

Categorized in सिनेमा