STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आज देशभर स्थानीय तहको निर्वाचन हुँदै

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख ३०, शुक्रबार

आज देशभर एकै चरणमा स्थानीय तहको निर्वाचन हुँदैछ ।अहिले बिहान ७ बजेदेखि सुरु हुने मतदान कार्य अपराह्न ५ बजेसम्म जारी रहनेछ ।७९ वटा राजनीतिक दलमध्ये जम्मा ६५ वटा राजनीतिक दल चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

पचपन्न हजार ६९८ जना महिला र ८९ हजार ३१३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत जम्मा एक लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

३५ हजार २२१ जनामध्ये निर्विरोध निर्वाचित भएकाबाहेकका पदमा प्रतिनिधि छनोट गर्नेछन् ।शान्तिपूर्ण वातावरणमा निर्वाधरूपले मतदान गर्ने अधिकारको सुनिश्चितताका लागि शान्ति सुरक्षा कडा तुल्याइएको छ ।

निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् भने छ वडाध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्य निर्विरोध निर्वाचित भएका छन् । प्रधानमन्त्री लगायत विभिन्न राजनीतिक दलका शीर्ष नेता, मन्त्रिपरिषद्का सदस्य पनि मतदानका लागि आ–आफ्नो क्षेत्रमा पुगिसकेका छन् ।

Categorized in राष्ट्रिय