STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपसभामुखको निर्वाचन शुक्रबार हुने

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ २९, बुधबार

काठमाडौं - झण्डै तीन वर्षदेखि रिक्त प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन शुक्रबार हुने ।

सभामुख अग्नि प्रसाद सापकोटाले बुधबारको प्रतिनिधि सभा बैठकमा उपसभामुख चयनका लागि निर्वाचनको मिति तोकेका हुन् ।

सभामुख सापकोटाले प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीलाई उपसभामुख चयनबारे सूचना प्रकाशित गर्न समेत निर्देशन दिएका छन् ।

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले २०७६ माघ ६ गते राजीनामा दिएपछि उक्त पद रिक्त छ ।

Categorized in राजनीति