राजेश हमाललाई कलाकार संघको मानार्थ सदस्यता
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ श्रावण १७, शनिबार
चलचित्र कलाकारहरुको एक मात्र छाता संगठन नेपाल चलचित्र कलाकार संघले बिशिष्ट चलचित्रकर्मी अभिनेता राजेश हमाललाई मानार्थ सदस्यताको परिचय पत्र प्रदान गरेको छ ।
नेपाल चलचित्र कलाकार संघले विधानमा व्यवस्था भए अनुसार राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ख्याती प्राप्त व्यक्तित्वहरुलाई प्रदान गरिने मानार्थ सदस्यता विशिष्ट चलचित्रकर्मी तथा लोकप्रिय अभिनेता श्री राजेश हमाललाई प्रदान गरेको हो।
शुक्रबार आयोजित कार्यक्रममा अभिनेता हमाललाई मानार्थ सदस्यता हस्तान्तरण संघका अध्यक्ष मोहन निरौला, निवर्तमान अध्यक्ष रविन्द्र खड्का,बरिष्ठ उपाध्यक्ष शिवहरि नेपाल वैरागी , महासचिव सविन श्रेष्ठ, निर्देशक समाजका सचिव देवेन्द्र पाण्डे उपस्थितिमा सम्पन्न भएको हो ।
संघका अध्यक्ष मोहन निरौलाले परिचय पत्र हस्तान्तरण गर्दै लामो समय देखि नेपाली चलचित्रको विकास विस्तारका लागि राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा पुर्याउनु भएको योगदान, समर्पण र साधनाका लागि मानार्थ सदस्यता प्रदान गरिएको बताउनुभयो ।
विशिष्ट चलचित्रकर्मि राजेश हमालले कलाकारको पेशागत उत्थान, नेपाली चलचित्रको संरक्षण सम्बर्धनमा संघले पुर्याएको योगदानको प्रशंसा गर्दै सम्मान स्वरुप मानार्थ सदस्यता प्रदान गरेकोमा संघलाई धन्यवाद दिनुभयो ।
२०४५ भाद्र २३ गते कलाकारहरुको हकहित र वर्गीय सुरक्षा एवं नेपाली चलचित्र क्षेत्रको संरक्षण सम्वर्द्धनका लागि स्थापना भएको नेपाल चलचित्र कलाकार संघ नेपाली हो । नेपाल चलचित्र कलाकार संघमा नेपाली चलचित्रका सम्पुर्ण कलाकारहरु
संघमा आबद्ध रहेको कुरा संघका महासचिव सबिन श्रेष्ठले बताउनुभयो । सोही अवसरमा कलाकार संघको स्थापना दिवसको अवसर पारि यहिँ भाद्र २१,२२,२३ गते बिबिध कार्यक्रम गरी मनाउने कलाकार संघको अध्यक्ष मोहन निरौलाले जानकारी दिनुभयो।।
Categorized in सिनेमा

