STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चिलीमा बस दुर्घटना

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २९, आइतबार

दक्षिण अमेरिकी राष्ट्र चिलीमा भएको बस दुर्घटनामा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अरु ३० जना घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार पुलम्यान कम्पनीको उक्त बस स्थानीय समय अनुसार शनिबार बिहान दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनाको कारण अझै थाहा नभएको कम्पनीका व्यवस्थापक जोजे सिल्भाले जानकारी दिनुभयो । उक्त बस पुर्टो भारासतर्फ गइरहेको थियो । बसमा करिब ५२ जना यात्रु सवार थिए । प्रहरीले उक्त घटनाका बारेमा अनुसन्धान थालेको छ ।
Categorized in अन्तर्राष्ट्रिय