STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शान्ति सुरक्षा अभियान प्रारम्भ

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २६, आइतबार

कर्णाली प्रदेशमा आपराधिक तथा महिला हिंसाका घटना नियन्त्रणका लागि शान्ति सुरक्षा अभियान सञ्चालन गरिएको छ । यहाँको मुख्य समस्याको रुपमा रहेको महिला हिंसा, लागुऔषध तथा सडक दुर्घटना न्यूनीकरणका लागि यस्तो अभियान सञ्चालन गर्न लागिएको हो । 
 
आन्तरिक मामिला तथा कानून मन्त्रालयको शान्ति सुरक्षा अभियान अन्तर्गत सञ्चालित महिला हिंसा र लागूऔषध दुव्र्यसन विरुद्धको जनचेतनामूलक कार्यक्रम तथा सडक सुरक्षा कार्यक्रम आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुभारम्भ गर्दै यस अभियानमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । 
 
यस अभियानलाई गाउँबस्ती तथा विद्यालयसम्म पु¥याएर महिला हिंसा, लागुऔषध, सडक दुर्घटना र मदिरा नियन्त्रण गरेर सु–संस्कृत प्रदेश बनाउन आग्रह गर्दै उहाँले भन्नुभयो,“शान्ति सुरक्षाको व्यवस्था हेर्न कर्णाली आउनुहोस् भन्न सकौं” प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक महेशविक्रम शाहले यस क्षेत्रमा महिला हिंसाका घटना वर्षेनी बढ्दो क्रममा रहेको जाकारी दिनुभयो । सो अभियानका लागि १८२ प्रशिक्षकलाई तालीम दिएर गाउँमा पठाउन लागिएको उहाँले बताउनुभयोे ।
Categorized in राष्ट्रिय